
दैलेखको ईतिहासमा छोटो समयमा आफ्नो स्थान ओगड्न सफल भएको छ जसले पिछडिएका र सुचनावाट बन्चित जनसमुदाय र जनताको अधिकार जनताकै आवाजको रुपामा बोल्ने, संचार माध्यमको स्थापना गर्ने उद्देश्य अनुरुप मिति २०६६/०४/२८ गतेको दिनमा भएको यस संस्थाको पहिलो भेला र मिति २०६६/०४/२९ गते वसेको दोस्रो भेलाको निर्णय अनुसार यस दैलेख जिल्लामा एक संचार सहकारी संस्था दर्ता गरी यसको उद्देश्य अनुरुप रहि सामुदायिक रेडियो संचालन गर्ने निर्णय भए पछि २०६६ भाद्र १२ गते धु्रवतारा सहकारी संस्था लिमिटेड लाई विधिवत रुपमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता गरि यस संस्थाको स्थापना भएको हो । सयौ फुलका थुँङ्गा मिलेर एक पवित्र माला वने झौ दैलेखका हरेक पिछडिएका र अधिकार वाट पछाडी परेका हरेक वस्ती हरुको वस्तु स्थीति लाई अवलोकन गरि अग्रजहरुवाट पाएको प्रेरणा र स्वतन्त्र विचार लाई एक साधनको रुपमा प्रयोग गदै मिति २०६७ साल कार्तिक ९ गते सुचना तथा संचार मन्त्रालयबाट ध्रुवतारा संचार सहकारी संस्था को मातहतमा रहि धु्रवतारा सामुदायिक एफ.एमको इजाजत प्राप्त गरेपछि मिति २०६६ पौष ६ गतेका दिनमा विधिवत रुपमा संस्था स्थापना भै अनौपचारिक रुपाम दैनिक १३ घण्टा का दरले नियमित रुपमा पिरिक्षण प्रसारण शुरुवात भयो । जसको फलस्वरुप मिति २०६७माघ २८ गतेका दिनमा प्रमुख जिल्ला अधिकारी वलदेव गौतम ज्यू द्धारा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
- Status
Waiting for station data
Similar stations
Station contacts
- Address
- Narayan Nagarpalika -1, Purano Bazaar, Dailekh, Nepal
- Phone
- +089410020, 9858050710, 9858050323
- Website
- dtfm.org
- dtfmdailekh@gmail.com









